दफा ७९
वास्तविक धनी सम्बन्धी एकीकृत अभिलेख राख्ने
(१) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको दर्ता गर्ने निकायले त्यस्तो व्यक्ति वा कानूनी प्रबन्धको वास्तविक धनीको पूरा नाम, ठेगाना तथा लगानीको विवरण सहितको एकीकृत अभिलेख राख्नु पर्नेछ।
(२) नेपाल सरकारले तोकेको निकाय वा कार्यालयले उपनियम (१) बमोजिमको-अभिलेखको आधारमा कानूनी व्यक्ति वा कानूनी प्रबन्धको वास्तविक धनीको राष्ट्रियस्तरको एकीकृत अभिलेख तयार गरी अद्यावधिक राख्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमका निकायले राष्ट्रियस्तरको एकीकृत अभिलेख राख्ने प्रयोजनको लागि आफूले तयार गरेको एकीकृत अभिलेख उपनियम (२) बमोजिमको निकाय वा कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ।
(४) यस नियमको प्रयोजनको लागि उपनियम (२) बमोजिमको निकाय वा कार्यालयले विद्युतीय प्रणालीको विकास गरी; अनलाईनमार्फत राष्ट्रियस्तरको एकीकृत अभिलेखमा विवरण प्रविष्टि गर्ने र अच्चावधिक गर्न सक्ने व्यवस्था गर्न सक्नेछ।